काठमाडौं — ‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार महँगो रकममा बिक्री भएको छ । आउँदो शुक्रबार अर्थात् ९ पुसबाट देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्यप्रधान फिल्म ‘चुरीफुरी’को अष्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको र आफुहरूबीच आइतबार सम्झौता भएको जानकारी निर्माता, निर्देशक ऋषिराज आचार्यले दिएका छन् ।
हास्य कलाकारहरू रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे)लगायत नवकलाकार अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय रहेको फिल्म कतिमा बेचिएको हो, त्यो भने निर्देशकले खुलाउन चाहनेनन् । निर्देशक ऋषिराजकै लेखन रहेको फिल्म राहुल राईले खिचेका हुन् भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो ।