काठमाडौं– राइजिङ स्टार कल्चर ग्रुप, चन्द्रागिरीले आफ्नो आठौंँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित वार्षिकोत्सव समरोहमा संचार, चलचित्र, गीतसंगीत तथा खेलकुद क्षेत्रमा योगदान पु¥याएका विभिन्न ब्यक्तिलाई ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ प्रदान गरेको छ ।
केटिएम जाम डान्स ब्याटलका विजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशीसहित उत्कृष्ट चलचित्र पत्रका सम्मानबाट सम्मानित भए । बिगत दुई दशकदेखि अनवरत रूपमा पत्रकारितामा समर्पित सुवेदीलगायत सम्मानित ब्यक्तित्वहरूलाई कार्यक्रमकी प्रमुख अथिति बाग्मती प्रदेशकी समाजीक बिकास मन्त्री कुमारी मोक्तान, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लीसा नकर्मी, चन्द्रागिरी नगरपालिका–७ का अध्यक्ष शम्भुकुमार केसी, बाग्मती प्रदेश सदस्य रमा आलेमगर, कार्यक्रम आयोजक संस्थाका अध्यक्ष बिक्रम तामाङलगायतले सम्मान पत्र तथा खादा ओढाएर सम्मान प्रकट गरेका थिए ।
कार्यक्रममा चलचित्र निर्देशक मधुसुदन भट्टराई उत्कृष्ट निर्देशक सम्मान, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई उत्कृष्ट गायक सम्मान, बिद्या तिवारीलाई उत्कृष्ट गायिका, तुलसीप्रसाद श्रेष्ठ, भुवनकुमार काफ्ले र बिकास चापागाईँलाई उत्कृष्ट कलाकार सम्मान तथा काजीमान श्रेष्ठ र बीरकृष्ण श्रेष्ठलाई खेलाडी सम्मान प्रदान गरिएको थियो । कार्यक्रमकी प्रमुख अथिति मन्त्री मोक्तानले स्रष्टाहरूको सम्मान गर्ने परम्पराले सम्बन्धित क्षेत्रको बिकास, सम्बद्र्धन र उत्थानमा टेवा पुर्याउने बिचार ब्यक्त गर्दै केटिएम ब्याटलका विजेतालाई शुभकामना ब्यक्त गरिन् । त्यसैगरी, कार्यक्रम आयोजक राइजिङ स्टार कल्चर गु्रपका संस्थापक तथा निर्माणाधिन चलचित्र ‘हामी तीन भाइ’ का प्रस्तुतकर्ता साजीत महतले संचारकर्म, चलचित्र, कलासंस्कृति तथा खेलकुदको क्षेत्रमा बिशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए । उनले आफ्नो कल्चरले नेपाली कलासंस्कृतिको जर्गेनाका लागि हरेक बर्ष स्रष्टाहरूको सम्मानार्थ कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष तामाङले आफूहरू सदैव नेपाली कलासंस्कृतिको उन्नतीमा कटिबद्ध रहेको औल्याए ।