नेपालगन्ज । मंसिर २१ गते ।
आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको १८औं बार्षिकोत्सवको तयारी तिब्र पारिएको छ ।
दिवसको अवसरमा आज जिल्ला स्थित विभिन्न गैससहरुसँग कार्यक्रम तयारी बैठक गरिएको हो । बैठकमा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा गर्न थालिएको कार्यक्रमहरुको बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । यस बर्ष दिवसको अवसरमा बासको संयोजनमा भ्रष्टाचार बिरुद्ध जनचेतना अभिबृद्धि गर्नका लागि बाँकेको ८ वटै स्थानीय तहको समन्वयमा सार्वजनिक स्थानमा भित्ते लेखन गर्ने, भ्रष्टाचार बिरुद्ध सन्देश प्रवाह गर्ने उद्धेश्यले भ्रष्टाचार, भ्रष्टाचारका कारण, प्रभाव, परिणाम लगाएतका बिषयबस्तुहरु समेटि अन्तराष्ट्रिय दिवसको महत्वका बारेमा पर्चा, पम्पलेट प्रकाशन गरि २,००० बढि नागरिकहरुलाई बितरण गर्ने, भ्रष्टाचार बिरुद्ध जनचेतना जगाउनका लागि सन्देशमूलक स्टिकर प्रकाशन गरि सार्वजनिक कार्यालयहरुमा स्टिकर टाँस गर्ने, मंसिर २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको आयोजना र बासको सह–आयोजनामा बुहत अन्र्तक्रिया कार्यक्रम गर्ने र मंसिर २४ गते क्ष्लतभनचष्तथ क्झष्लबच ध्ष्तज ब्लतष्(अयचचगउतष्यल अगतिगचब िँभकतष्खब िविभिन्न संघ सस्था तथा निकायहरुको समन्वयमा गर्ने कार्यक्रम तय भएको छ सो कार्यक्रममा भ्रष्टाचार बिरुद्धको श्रव्य दृष्य प्रस्तुती, कार्यपत्र प्रस्तुति, छलफल, अन्र्तक्रिया, भ्रष्टाचार बिरुद्धको स्टिकर सार्वजनिक, सांस्कृतिक कार्यक्रम, अनुभव आदान, प्रदान, सम्मान कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । आज सम्पन्न बैठकमा धन्यबाद ज्ञापन सहित बैठकको समापन बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए ।