काठमाडौं — भारतीय टेलिअभिनेत्री श्वेता तिवारीको पछिल्लो समय चर्चा चुलिएको छ । ‘कसौटी जीन्दगी की’ नामक सिरियलमार्फत चम्केकी श्वेताका भारतमा मात्र नभएर नेपालमा समेत उत्तिकै फ्यान छन् । श्वेताको अभिनयका साथै सुन्दर रूपरंगले समेत उनका फ्यान नतमस्तक हुने गरेका छन् । ४१ वर्षीया श्वेताको रूपरंगले नलठ्ठिने कमै होलानन् । ‘यो उमेरमा पनि यस्तो ?’ धेरैले श्वेताको हट एण्ड बोल्ड लुक्स देखेर प्रश्न गर्छन् ।
श्वेताको सुन्दरतको रहस्य के हो त ? उनका अनुसार उनी जिममा पसिना बगाउँछिन् । र, आफ्नो ज्यानका लागि उनी कडा मेहनत गर्छिन् । त्यसैले पनि श्वेताले आफूलई फिट राख्न सफल हुँदै आएकी छन् । श्वेताले आफ्नो फिट ज्यान देखाउन फोटोसुट गरेकी छन् । ती आफ्ना नयाँ तस्बिरहरू उनले सामाजिक सञ्जालमा लगातार पोष्ट गर्दै आएकी छन् । आङ्खना ग्ल्यामरस फोटो र भिडियोहरू सेयर गरेर इन्टरनेटको संसारमा उनले तापक्रम बढाएकी छन् ।
उनले हालै निकै ग्ल्यामरस साडी लगाएका तस्बिर पोस्ट गरेकी छन् । श्वेताको आङ्खनै स्टाइल छ, उनी बोल्ड भएपनि सोबर देखिन्छिन् । उनीहरूको पछिल्लो तस्बिर हेरेर उनीहरूले अनुमान लगाउन पनि सक्दैनन् कि श्वेता यसै वर्ष अक्टोबरमा ४१ वर्षकी भइन् । मस्टर्ड येलो कलरको साडीमा उनी सुन्दर देखिएकी छन् । श्वेताले खुला बार र परम्परागत ठूलो झुम्का लगाएर साडीलुक दिएकी छन् । तस्बिरमा उन निकै सिम्पल देखिन्छिन् ।
ब्याकलेस ब्लाउज स्ट्रिङले यसलाई अझ कामुक बनाएको छ । श्वेताले ती तस्बिरहरूमार्फत ङ्खयानहरूलाई घायल गराएकी छन् । सामाजिक सञ्जालमा अधिकांश ङ्खयानले फायर इमोजीमार्फत आङ्खनो मनको कुरा व्यक्त गरिरहेका छन् ।