काठमाडौं – साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि आयोजक बंगलादेशले जितेको छ । ढाकामा बुधबार भएको फाइनलमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशलाई उपाधि दिलाउन एनी मोगिनीले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा मोगिनीले गोल गरेकी हुन् । राउण्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको थियो । नेपाल भने प्रतियोगिताको तेस्रो स्थानमा रह्यो । र, नेपाल फाइनल पुग्न असफल भएको थियो ।