काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा समेत नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८६ औं, भुटान १८५ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।
यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा अर्जेन्टिना रहेका छन् । इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।