धनगढी – विभागीय टिम एपीएफ क्लबले पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । धनगढीमा आइतबार भएको फाइनलमा प्रदेश नम्बर १ लाई ७ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।
फाप्ला क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा ज्योति पाण्डेले अविजित रहदै ३६ रन जोडिन । ममता चौधरीले अविजित १९ रन बनाईन । इन्दु बर्मा ५ तथा रोमा थापा ४ रनमा आउट हुँदा राजमती ऐरी सुन्य रनमा आउट भईन् । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले ३ विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो । प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन । अप्सरी बेगमले ११ रन जोड्दा कंजल श्रेष्ठ ४ रनमा आउट भईन् ।
सबनम राई ३, निशा शाह २ र संगीता राई १ रनमा आउट भईन । स्मृति कटवाल ६ रनमा अविजित रहिन् । एपीएफका सिता राना मगरले ३ विकेट लिए । यस्तै रेखा रावलले २ तथा करुणा भण्डारीले १ विकेट लिईन् । उपाधिसँगै एपीएफले ५ लाख प्राप्त गरेको छ । उपविजेता प्रदेश १ ले ३ लाख प्राप्त गरेको छ ।