काठमाडौं — रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयरले अभिनेत्री करिश्मा मानन्धरलाई सम्मान गरेको छ । काठमाडौं मल रहेको यस ब्युटिकेयरले आफ्नो १४औँ वार्षिक उत्सवको अवसरमा अभिनेत्री मानन्धरलाई सम्मान गरेको हो ।
समारोहकी प्रमुख अतिथि अभिनेत्री मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफुहरूलाई सुन्दरताको महत्व अति हुने गरेको बताइन् । उनले पछिल्लो समय आफू पनि रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले पनि आफ्नो सुन्दतामा निखार आएको दावी गरिन् । रश्मिलाज फेसियल हाउसलाई १४औँ वार्षिक उत्सवको शुभकामना दिँदै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारीलाई रोजगार दिएर एउटा उद्योगको रूपमा सेवा गरेको बताइन् ।
यस्तै कार्यक्रममा अभिनेता तथा चलचित्र निर्देशक दिनेश डिसीले काठमाडौंमा रहेको ब्युटीपार्लरहरूमा गुणस्तरीय सेवाको हिसाबले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको बताए । रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौँ भन्ने उद्देश्यले १४ वर्षअघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताइन् । उनले भनिन्, ‘यसबाट कतिले रोजगार प्राप्त गर्नुका साथै मासिक सयौँलाई सेवा दिँदै आएको बताइन् । कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो ।