काठमाडौं – नेपालको महिला टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधिका लागि नेपालले आज भिड्दै छ । नेपाली महिला टोलीले लगातार पाँचौ जित निकालेको फाइनल प्रवेश गरेको हो । ढाकामा सोमबार राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौं जित निकालेको हो ।
अपराजित रहेको नेपालले किर्गिस्तानमाथि २५–८,२५–१४ र २५–१७ को सेटमा जित निकालेको हो । यस जितसँगै नेपालले शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको छ । नेपालले ५ खेलमा १४ अंक जोडेको छ । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो ।
यस्तै चौंथो खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल एक खेल अगाबै फाइनलमा पुगेको थियो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग मंगलबार खेल्नेछ । सोमबार नै श्रीलंकालाई ३–२ को सेटमा हराएर उज्वेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । उज्वेकिस्तानले ५ खेलमा ११ अंक जोड्यो । श्रीलंका र किर्गिस्तानले तेस्रो स्थानमा लागि खेल्ने छन् ।