काठमाडौं — टेलिसिरियल निर्माण गर्नेको भीडमा एउटा सिरियल बनेको ‘मेरो कथा’ । छोटो समयमै ‘मेरो कथा’ले लाखौँ दर्शकको मनजित्न सफल भएको छ । उनै दर्शकको चाहनाअनुसार अब हरेक हप्ता दुईपटक अर्थात शनिबार ७ः३० र बुधबार ७ः३० मा पटक प्रसारण हुने भएको छ ।
यस टेलिसिरियलमा प्रमुख पात्रमा जीवन्त अभिनयका खानी अग्रज अनुभवी कलाकार रमेश बुढाथोकीलाई देख्न सकिन्छ भने २०औँ वर्षदेखि आशक्त भएर आफ्नो जिन्दगीलाई धिकार्दै बसेका पवन मैनालीलाई पनि देख्न सकिन्छ । यसैगरी कथाका अन्य प्रमुख पात्रका रूपमा हिमवाला गौतम, गीता नेपाल, तेजुला खतिवडा, प्रिया रिजाल र माधव पण्डित, अशोल धिताल, रिया श्रेष्ठ, जयाश्री कार्की, नेपीश्री कार्की, सन्दिप कँडेल, गणेश देवकोटा, सरोज दाहाललगायतका अन्य कलाकारको पनि दमदार प्रस्तुती हेर्न सकिन्छ ।
आँटे छोरी मान्छेले के गर्न सक्दैन भन्ने एक उदाहरण दिएका छन, मेरो कथाकी लेखन निर्देशन गीता नेपाल र निर्मात्री तेजुला खतिवडाले । अहिलेको भिडभाडामा पनि मेरो कथालाई मजबुत बनाउँदै दर्शक सामु पस्कँदै जाने साथ मिलेको छ । अभिनेत्री तेजुलाले अहिलेसम्म जस्ट फर यु, मोस्ट वान्टेडलगायत थुप्रै चलचित्र, टेलीसिरियल म्युजिक भिडियोलगायतमा काम गरेर दर्शकको मन जितिसकेकी छन् भने पछिल्लो समय उनी अझै सशक्त रूपमा अगाडि बढ्दैछिन ।
यस टेलिसिरियलमा अभिनय गर्ने उतिकै अनुभवी कलाकार रमेश बुढाथोकीको पनि पहिचान छुट्टैछ । वर्षौदेखि भिलेनको रूपमा प्रस्तुत हुने बुढाथोकी यस सिरियलमा पनि भिलेनकै रूपमा प्रमुख पात्रमा देखिएका छन भने अन्य थुप्रै कलाकार पवन मैनाली, हिम वाला गौतम, गीता नेपाल, तेजुला खतिवडा, प्रिया रिजाल र माधव पण्डितलगायतका अन्य कलाकारको पनि दमदार प्रस्तुती हेर्न सकिन्छ । कथालाई लेखन तथा निर्देशन गीता नेपालले गरेकी छन् निर्माताद्वय तेजुला खतिवडा र कृष्ण कार्की रहेका छन् ।