काठमाडौं — धरानमा ‘नेपाल आइस मनोरञ्जन धमाका’ हुने भएको छ । यो पुसको चिसो मौसममा उक्त सांगीतिक कार्यक्रमले धरानलाई गर्माउने अपेक्षा आयोजकले विश्वास लिएको छ । कार्यक्रममा पछिल्लो समय युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरू एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी प्रस्तुत हुने भएका छन् । आउँदो १४ पुसमा हुने ‘नेपाल आइस मनोरन्जन धमाका–२०२२’मा कार्यक्रम हुनेछ ।
धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा साँझ साढे पाँच बजेदेखि आयोजना हुने म्युजिकल कन्सर्टका लागि तीनै जना कलाकार पहिलोपटक धरान प्रस्तुत हुन लागेका हुन् । आँखामा आउने सपनी, ब्ल्याक एण्ड व्हाईट, मन्द–मन्द, क्या राम्री, तिम्रो मुटुमा, लौ कान्छी, मेरी सानु, शीरफूल जस्ता थुप्रै लोकप्रिय गीतहरू एकदेव लिम्बुले गाइसकेका छन् । त्यस्तै नेपाल आइडल सिजन–२ को थर्ड रनरअप अस्मिता अधिकारी पनि अहिले आधुनिक, पप तथा फिल्मी गीतहरूमा निकै लोकप्रिय छिन् ।