नेपालगञ्ज/लैंगिक हिंसा न्यूनिकरण तथा वालअधिकार संरक्षण सम्वन्धिको एक दिने कार्यशाला गोष्ठी कालिकोटको मान्ममा पौष ५ गते सम्पन्न भएको छ ।
वालवालिका तथा महिला अधिकार तथा संरक्षणमा कालिकोटमा कार्यक्षेत्र वनाएर काम गरिरहेका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा महिला तथा बालबालिका सेवाको नक्सांकन गर्ने उद्देश्यले कार्याशाला गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठिीको सहजिकरण गदै बास नेपालगन्जका केन्द्रीय अध्यक्ष मन भण्डारीले बालवालिकाले चार अधिकार भरपुर रुपमा पाएमा उनिहरुको भबिष्य उज्जल हुने भन्दै बालबालिको क्षेत्रमा लगानि गर्नुपर्ने वताएका थिए । भण्डारीले बाल अधिकार तथा बाल संरक्षण, सेवाको नक्साङ्कन र सिफारिस प्रवाहको बिषयमा प्रस्तुतिकरण गरेका थिए ।
युनिसेफ नेपालको आर्थिक सहयोग बास नेपालगन्को सहजिकरण तथा खाँडाचक्र नगरपालिका कालिकोटको आयोजनामा सम्पन्न गोष्ठीमा कालिकोटमा वालावालिकाको क्षेत्रमा काम गरिरहेका सरोकारवालाहरुको तथ्यांक संकलन गरिएको थियो । कार्यक्रममा खाडाँचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डे, उप—प्रमुख विजया बिष्ट, नगरपालिकाका विषयगत शाखा प्रमुखहरु, महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेका गैसस, अगैसस, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, शिक्षा समन्वय इकाइ कार्यालयका प्रतिनिधि, नेपाल बार एसोसिएसनका अध्यक्ष, जिल्ला प्रहरी कार्यालय महिला सेल प्रमुख, महिला संजालका प्रतिनिधि, बाल क्लब संजाल, संचारकर्मि लगाएको सहभागीता रहेको थियो ।
बास कालिकोट शाखाका निर्देशक रमेश नेपालीले संचालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकास बासका अभिलेखिकरण सहायक रबिन्द्र बोहराले पारेका थिए ।
यसैगरी दाईजो प्रथाविरुद्ध आइतवारदेखि देशब्यापी अभियान शुरु भएको छ । इस्लामी संघ नेपालले दाईजो प्रथाविरुद्ध देशब्यापीरुपमा १० दिने अभियान शुरु गरेको हो । नेपालगञ्जको आइडियल पब्लिक हाईस्कूलबाट शुरु गरिएको अभियान पौष १० गतेसम्म सञ्चालन गरिने इस्लामी संघ नेपालले जनाएको छ ।
हरेक दिन विभिन्न कार्यक्रमका साथै अभियान चलाउने संघका सचिव बद्रे आलाम खानले बताए । अभियानलाई सफल बनाउन सवैको उत्तिकै दायित्व रहेको जिकिर गर्दै सचिव खानले अभियानमा जोडिन सबैलाई आग्रह गरे ।
‘आफ्नो छोरा छेरीको विवाह गर्दा दाईजोको लेनदेन नगरी दाईजो विरुद्धको अभियानमा सहिभागि बनौं, समाजमा रहेको आफ्नो प्रतिष्ठालाई प्रयोग गरौं, नातेदारहरुलाई दाईजोको लेनदेनबिनानै विवाह गर्न दवाव दिऔं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तिहरुलाई गोलवद्ध गरी दाईजोविरुद्ध एकजुट गरौं, विवाहसम्बन्धि इस्लामी तरीका विशेष गरि नविको आदेश र शहाबाहरुको जीवन शैलीलाई आम मानिसहरु सामु प्रचारप्रसार गरौ’ लगायतका पम्प्लेट तयार गरि दाईजो प्रथा हटाउनका लागि बनाउन १० दिने दाईजोविरुद्ध अभियान सञ्चालन गरिएको इस्लामी संघ नेपाल प्रदेश नं. ५ का अध्यक्ष ओवैद रहमान खानले बताए ।
छोरीलाई दाईजो होइना, पैतृक सम्पत्तीमा अंश दिऔं भन्ने नाराका साथ शुरु भएको अभियानको पहिलो दिन आईतवार आइडियल पब्लिक हाईस्कूलका बालवालिकासंग अन्तरक्रिया गरिएको थियो ।