काठमाडौं — अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको नेपाली ‘कौसीद’ तयार भएको छि । यससँगै फिल्मको फस्र्टलुक टिजर सार्वजनिक भएको छ । कोभिड महामारीबीच फिल्मको छायाँकनसँगै पोस्ट प्रोडक्सनको काम सकाउँदै फस्र्टलुक सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए । निर्देशक भास्करका अनुसार फिल्म प्रदर्शनको लागि तयार भइसकेको छ ।
सार्वजनिक फस्र्र्टलुकमा पिंजडामा खरायो बोकेका अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको टिजरले पिंजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।
फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।
निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायाँकन गरेको फिल्ममा मित्र डि गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो । फिल्म क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको सम्भावित प्रभावलाई मध्यनजर गरेर छिट्टै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेर प्रचारप्रसारको थालनी गर्ने निर्माण पक्षले जनाएको छ ।