नेपालगञ्ज/बढ्दो साईवर अपराध बारे जनचेतना जगाउने उद्धेश्यले पौष १० गते नेपालगञ्जमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकोछ ।
उडान नेपाल र ईनाभेटिभ युथको आयोजनामा आज नेपालगञ्जमा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
उडान नेपालकी अध्यक्ष अञ्जु न्यौपानेको अध्यक्षतामा सम्पन्न अभिमुखिकरणमा बिभिन्न क्याम्पसका २५० बढि बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक रमेश बहादुर सिंहले बिद्युतिय कारोवार ऐन, साईवर अपराध, यसले पार्ने प्रभाव, दण्ड जरिवाना, साईवर अपराध न्यूनिकरण लगाएतका बिषयमा प्रशिक्षण दिएका थिए भने बासका कार्यकारी निर्देशक नमस्कार शाहले साईवर क्राईम नियन्त्रणमा युवाहरुको भूमिका तथा सकारात्मक सोचबारे प्रशिक्षण दिएका थिए ।
बासको ईन्सपाईरिंग युथ कार्यक्रमका संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक जनक थापाले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेका थिए । उनले युवाहरुलाई साईवर अपराध बारे जानकारी दिने उद्धेश्यले अभिमुखिकरण आयोजना गरिएको
बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन सहित समापन अध्यक्ष अञ्जु न्यौपानेले गरेकि थिईन् ।