नेपालगञ्ज/५ बुँदे प्रतिबद्धता व्यक्त गर्दै जनप्रतिनिधि र सरोकारवाला बिच छलफल कार्यक्रम मनिकापुरमा सम्पन्न भएकोछ ।
बास र अकाउण्टविलिटी ल्यावको आयोजनामा पौष ११ गते नेपालगञ्जको वडानम्वर २० मनिकापुरमा सम्पन्न जवाफदेहिताका लागि आर्थिक पारदर्शिता बिषयक छलफल कार्यक्रममा बिभिन्न प्रतिबद्धताहरु व्यक्त गरिएकोछ ।
व्यक्त गरिएका प्रतिबद्धताहरुमा बार्षिक बजेट र कार्यक्रम बारे समिक्षा बैठक गरि आएका सुझावहरुलाई आत्मसात गरि आगामी दिनमा कार्यक्रम तय गर्ने, कृषि क्षेत्रमा कार्य गर्नका लागि आवश्यक बजेट उपमहानगरपालिकासँग माग गर्ने, बाल बिकास केन्द्र बिद्यालयमा समायोजन नभई सञ्चालन गर्न असहज भएकाले समायोजन नभएका वडाका बाल बिकास केन्द्रलाई वडाबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने, सामुदायिक बनसँग सहकार्य गरि खोपकेन्द्र निर्माण गर्ने, बर्थिंग सेन्टरले प्रबाह गर्ने सेवा, सुबिधालाई प्रभावकारी बनाउने रहेका छन् ।
प्रतिबद्धताहरुमा वडाध्यक्ष कृष्ण बहादुर कार्की, वडा सदस्य कौशिल्या यादव, नन्द कुमार बर्मा, चन्द्र बहादुर बुढा लगाएतले हस्ताक्षर गरेका छन् ।
सामुदायिक समन्वयकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधिहरुसँग स्थानीयहरुले बजेट बिनियोजन, बाल बिकासमा लगानी, कृषिमा वडाको प्राथमिकता आदि बिषयमा प्रश्नहरु सोधेका थिए ।
कार्यक्रममा ६५ बढिको सहभागिता रहेको थियो ।