रौतहट– कोविड–१९ को अवस्था सामान्य बनि सक्दा पनि रौतहट जिल्लासंग जोडिएका भारतीय सिमा नाकामा भने विभिन्न समस्याहरू यथावतै रहेको पाईएको छ । खास गरी सदरमुकाम गौर संग जोडिएको गौर–बैरगनिय सिमा नाकामा गौर भन्सारका प्रमुख कै कारण विभिन्न समस्याहरू उत्पन्न भएको आरोप लाग्दै आएको छ । भारत र नेपाल बिच चल्दै आएको बेटीरोटिको सम्बन्धलाई पनि गौर भन्सार कार्यालयका प्रमुख बेवास्ता गरी पञ्चायति व्यवस्था जस्तै मुखै कानुन लादने प्रयास गरेको नेकपा एकिकृत समाजवादिका प्रभावशाली नेता शम्भु साहले आरोप लगाएका छन् ।
साहका अनुसार कोविड–१९ पछि भारत र नेपाल विच कोविड मापदण्ड र नेपाल सरकारले तोकेको नियम पुरा गरी भारतिय सवारी आवत जावत शुरु भए पनि भन्सार कार्यालयका प्रमुखले विभिन्न बहानामा भारतिय सवारी साधनलाई दुख दिने गरेका छन् । भारत तर्फ रहेका भारतीय सुरक्षाकर्मीले रातिको ९ बजे सम्म सजिलै आवत जावत गर्न दिए पनि गौर भन्सारका प्रमुखले मौखिक आदेशमा साँझ ७ बजे नै बैरियर बन्द गरी पदीय दायित्वको दुरूपयोग गर्ने गरेको भन्दै नेता साहले आक्रोश व्यक्त गरेका छन् । त्यस्तै बोर्डरमा देखिएको समस्या सम्बन्धमा विभिन्न चारदलले गरेको छलफल पश्चात रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई बोर्डरमा देखिएको समस्या समाधानका लागी संयुक्त रूपमा ज्ञापन पत्र समेत बुझाईएको छ ।
नेकपा एकिकृत समाजवादी पार्टी, नेपाली कांग्रस पार्टी, नेकपा माओवादी पार्टी र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूको छलफल पश्चात जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाईएको हो । बोर्डर सुचारु भए पनि कोविड अगाडि देखि गौर बैरगनिय बिच संचालन हुदै आएका तिन पांग्रे सवारी लाई कोविड पश्चात लगाईएको रोक हाल सम्म पनि यथावत रहेकोले दैनिक रूपमा आवत जावत गर्ने स्थानियलाई कठिनाईको सामना गर्नु परेकोले तिन पाँग्रे सवारीलाई गौर स्थित बस पार्क देखि बैरगनियासम्म संचालन गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । त्यस्तै गौर भन्सारको बैरियर हाल ७ बजे सम्म मात्रै सुचारु रहने गरेकोले सोलाई राति ९ बजे सम्म संचालन गराउन ४ दलले माग गरेको छ । ज्ञापन पत्रमा भनिए अनुसारको जनताको जायज समस्या यथाशिघ्र समाधान नभए चरणबद्ध रूपमा आन्दोलनको कार्यक्रम अगाडि बढाउने नेकपा समाजवादीका नेता शम्भु साहले बताएका छन् ।