रौतहट–विगत लामो समय देखी रौतहटको राजदेवी नगरपालिकाले बालपोषण भत्ता वितरण नगर्दा गरिब तथा विपन्न परिवारका बालबालिका विच्चलीमा परेका छन् । दश महिना देखि भत्ता पाउने आशामा रहेका अभिभावकहरू पटक पटक सम्बन्धित निकाय र जनप्रतिनिधिहरू लाई ताकेता गरेपनि कुनै किसिमको सन्तुष्टजनक जवाफ नपाए पछि भत्ताबाट वन्चित भएका अभिभावकहरू आक्रोश पोख्न थालेका छन् ।
नेपाल सरकारले बालबालिकाको स्यहारसुसारका लागी प्रदान गर्दे आएको सो सुविधा वापतको रकम नगरप्रमुख धिरेन्द्र सिंह र निमित्त प्रमुख प्रशासकिय अधिकृत सुबोध साहको मिलोमतोमा रकमान्तर गरि विकास निर्माणको कार्यमा प्रयोग गरिएकोले स्थानिय बालबालिका भत्ताबाट वन्चित हुनु परेको स्थानियको आरोप रहेको छ ।
जिम्मेवार पदाधिकारी तथा जनप्रतिनिधिहरूले विभिन्न बहाना बनाई गत आर्थिक वर्ष देखी नै हालसम्म सो नगरपालिका अन्र्तगतका एक देखी नौ वटै वडाका करिब तीन हजार बालबालिकालाई बालपोषण भत्ता वितरण गर्न नसकेको राजदेवी नगरपालिकाकाको उपप्रमुख अंशु सिंहको आरोप छ । आफु अनुकुल विकास निर्माणको कार्यमा एकलौटि चासो राख्ने नगरप्रमुख सिंह बालबालिकाको अधिकार शोषण गर्ने गरेको उनले बताईन । बालपोषण भत्ताका लागि आएको रकममा व्यापक चलखेल भएको हुन सकने उपप्रमुख सिंहले आशंका रहेको छ ।
राजदेवी नगरपालिकाले गत आर्थिक वर्षको पुस महिना देखी चालु आर्थिक वर्षको पुस महिनासम्म बालबालिकाले चौमासिक रूपमा पाउँदै आएको १६ सय पाउनबाट वञ्चित गरी बालअधिकारको समेत हनन गरेको छ । जन्मको आधारमा दुई बालबालिकालाई सरकारले बालपोषण भत्ता स्वरूप प्रति महिना चार सय उपलब्ध गराउँदै आएपनी राजदेवी नगरपालिकामा नगरप्रमुख तथा निभित्त प्रशासकिय अधिकृतको पटक पटकको विवादका कारण हालसम्म भत्ता वितरण हुन सकेको छैन । रौतहटका अधिकांश स्थानिय तहहरूमा स्थानिय तह संचालन ऐनमा व्यवस्था गरिएको दक्ष प्रमुख प्रशासकिय अधिकृत नभएकोले आर्थिक सुशासन कायम हुन नसकेको जानकारहरू बताउँछन् ।