काठमाडौं– पत्रकार इन्जिना कार्कीले आफूलाई ज्ञानेन्द्र शर्मा र उनका दाजु केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेको बताएकी छन् । राजधानीमा पत्रकार सम्मेलन गरी शर्मा दाजुभाइले सकिइसकेको लेनदेनकोे विषयलाई लिएर आङ्खनो धन्दा लुकाउन आङ्खनो चरित्रहत्या गरेको बताएकी हुन् ।
कार्कीले ठूलो ब्याजको प्रलोभनमा परेर १० लाख शर्मा दाजुभाइलाई दिएको खुलाइन् । ‘२१ महिनामा १० लाखको १६ लाख दिन्छु भनेर लिनुभयो तर फिर्ता गर्नुभएन,’ कार्कीले भनिन् । पैसा नदिन उल्टै षड्यन्त्र गरेर चरित्रहत्या गरेको बताइन् । कार्कीले ज्ञानेन्द्र शर्मासँग आङ्खनो चिनजान ३ वर्षदेखि भएको सुनाइन् । उनका दाजु केदारनाथ शर्मासँग सहकारीको संचालकको रूपमा चिनजान भएको सुनाइन् । सहकारीमा पैसा राख्न भन्दा पहिलानै उनीहरूसँग आङ्खनो चिनजान भएको बताइन् ।
भाइले विदेशबाट पठाएको घर खर्च पैसालाई बचाएर राखेको रकमको राम्रो ब्याज आउने सहकारीको खोजीमा आफू रहँदा केदार नाथले १० लाख राखेमा २१ महिनामा १६ लाख दिन्छु भनेपछि दिएको सुनाइन् । बल्ल बल्ल सम्पर्क गर्दा केदारनाथले उनका भाइ इन्दु शर्मालाई भेट्न पठाएको सुनाइन् । उनका भाइ इन्दुलाई नेपाल हाउसमा वालुवाटारमा भेटेर २ प्रति फोटो र नागरिकताको प्रतिलिपि दिएको सुनाइन् त्यसपछि सहकारीको सदस्य भएको पासबुक आउछ भनेपनि भाइ इन्दुपनि सम्पर्क विहिन भएको उनको भनाई थियो ।
विभिन्न प्रयासपछि शर्मा दाजुभाइले १६ लाखको चेक २०७८ बैशाख २ गते साट्ने समय दिएर आफुलाई दिएको बताइन् । चेक बाउन्स भएपछि एनआइसी बैंकको खाता ८ लाख बैंकमा हालिदिएपछि पुन सम्पर्क विहिन भएको उनले आरोप लगाइन् । पछि होटल हिमालय नजिकको क्याफेमा १ लाख दिने भनेर बोलाएर आफूमाथि प्रहरी लगाएको आरोप लगाइन् । प्रहरीको हिरासतमा आफूलाई निकै यातना दिएको उनले बताइन् ।