काठमाडौं — ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को पाँचौं संस्करणका प्रतियोगीहरू करिब एक महिनायता प्रक्षिक्षणमा व्यस्त छन् । आरएण्डआर गु्रपद्वारा आयोजित यस पाँचौं संस्करणमा ११ जना महिला मोडलहरू प्रतिस्पर्धा गर्दैछन् । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार आगामी माघ ६ गते नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा अन्तिम प्रतिस्पर्धा हुँदैछ ।
तर, कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । तर, यो कार्यक्रम नरोकिने आयोजकले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट बढेसँगै सरकारले बुधबारबाट लागू हुनेगरी उपत्यकामा स्मार्ट लकडाउन जारी गरेको छ । तर, २५ जनाभन्दा बढी भेला रोक लगाउने निर्णय ७ माघदेखि मात्र लागू हुने भएकाले कार्यक्रम नरोकिने आरएण्डआर ग्रुपले जनाएको हो ।
केही सातायता उनीहरूलाई मोडलिङका विविध आयामबारे कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रशिक्षण दिँदै आएका छन् । मोडलिङ क्षेत्रमा आङ्खनो भविष्य खोज्ने युवतीहरूलाई लक्षित गर्दै आरएण्डआर गु्रपले ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ प्रतियोगिताको सुरुवात गरेको हो । हालसम्म अघिल्ला चार संस्करणमा क्रमशः करिश्मा केसी, सृष्टि तामाङ, स्वस्तिका प्रधान र सदा थापाले नेपाल्स नेस्क्ट सुपर मोडलको उपाधिमा जितिसकेका छन् ।