काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा दुई दशकभन्दा बढी बिताइसकेका गायक समीर हमाल अहिले पनि उस्तै, जोश र जागरका साथ क्रियाशी छन् । आफ्नो सांगीतिक यात्रामा निरन्तरता दिँदै उनी गीतसंगीतमा व्यस्त छन् । पछिल्लो समय गायक हमालले बनाएको ‘माया माया’ बोलको गीत तथा भिडियो अहिले चर्चामा छ । उनले हालै सम्पन्न ‘जीवन्त नेपाल म्युजिक अवार्ड–०७८’ यसै गीतबाट वर्षको सर्वोत्कृष्ट पप गायकतर्फ ‘जुरी’ अवार्ड हात पार्न सफल भएका छन् ।
यसअघि उनले थुप्रै अवार्डहरू आङ्खनो पोल्टामा पारिसकेका छन् । थाइल्याण्ड र सिंगापुरको सिमाना आयोजित ‘म्युजिक भिडियो अवार्ड–२०१८’ मा उनले सर्वोत्कृष्ट पपगायक, दोश्रो ओएसनेपालबाट बेस्ट पप गायक, चौथो क्यापिटल अवार्डमा बेस्ट पपगीत विधाबाट अवर्ड हात पारेका थिए । यसका साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू समेत पाइसकेको उनको भनाइ छ ।
मेसेन्जर ब्याण्डका भोकलिस्ट तथा लिड गिटारिष्ट समेत रहेका गायक हमाल नेपाली पप गीत संगीतमा छुट्टै पहिचान बनाएका छन् । उनी भिन्न संगीत गर्न रुचाउँछन् । कहिले र्याप, कहिले रक, कहिले पपलगायत गर्दै विभिन्न विधाका संगीतलाई ङ्खयुजन गरेर उनी गीत पस्कँदै आएका छन् । संगीतमा जति प्रयोग गर्न सक्यो, त्यति नै नयाँ कुरा निस्कने र दर्शक श्रोताले पनि रुचाउने उनको भनाइ छ । उनले भने, ‘सधैं नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारमा छुटै पहिचान गराउने प्रयास गर्दै आएको छु ।’