काठमाडौं — बरिष्ठ सौन्दर्यविद् गीता शाह जुरी अवार्डबाट सम्मानीत भएकी छन् । विमेन्स एरा मेडिया ग्रुपद्वारा आयोजित ‘दोश्रो हिमालयन इन्टरनेशनल अवार्ड–२०२२’मा शाहलाई जुरी अवार्डबाट सम्मान गरिएको हो ।
शाहलाई कार्यक्रमकी प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मान प्रदान गरेकी थिइन् । कार्यक्रममा कला, साहित्यसंँग सम्बन्धित बिभिन्न बिधामा विभिन्न ब्यक्तित्वहरूलाई पुरस्कृत गरिएको थियो ।