काठमाडौं - इन्टर मिलानले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इन्टर च्याम्पियन बनेको हो ।
रोमान्चक बनेको खेलको २५ औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफमा १-१ को बराबरी भएको खेलमा दोस्रो हाफमा पनि गोल हुन सक्दा खेल अतिरिक्त समयमा पुगेको थियो ।
खेलको अतिरिक्त समय १ सय २१ औं मिनेटमा वैकल्पीक खेलाडी एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाए । यससँगै इन्टरले छैटौं पटक सुपर कपको उपाधि जितेको छ । इन्टरले २०१० पछि पहिलो पटक सुपर कप जितेको हो ।