धनगढी– नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन हुन बाँकीे जिल्ला बझाङ रहेको छ । गत शुक्रवारदेखि सुरु भएको जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट ८ जिल्लाले नयाँ नेतृत्व पाएको छ ।
८ जिल्ला मध्ये ४ जिल्लामा निर्वाचन भयो भने दुई जिल्लामा सहमतिका आधारमा निर्विरोध नेतृत्व चयन भएको एमालेको सुदूरपश्चिम कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार बैतडी, डडेल्धुरा, डोटी र बाजुरामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने कैलाली, कञ्चनपुर,अछाम र दार्चुलामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो ।
बैतडीमा सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउँद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाहीले जिल्ला नेतृत्वको जिम्मा पाएका छन् । त्यसैगरी कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट, अछाममा चक्र बोहरा र दार्चुलामा प्रेम सिह धामी निर्वाचित भएका हुन् । हिमपातका कारण बझाङमा भने मौसम अधिवेशन हुन नसकेको र मौसममा सुधार भएपछि अधिवेशन हुने सचिव पाठकले बताए ।