काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वरमा ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको हो । नाटकीय शैलीमा निर्माण गरिएको भिडियोमा नेपाली युवतीलाई फकाएर विदेश पु¥याउने कथा देखाइएको छ ।
बिहिबार राजधानीमा औपचारिक कार्यक्रम आयोजना गरी यो गीत सार्वजनिक गरिएको हो । किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ । भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।