नेपालगञ्ज/युवाको जिम्मेवारी, भ्रष्टाचार बिरुद्ध अभियान जारी भन्ने मूल नाराका साथ पौष १३ गते नेपालगञ्जमा भ्रष्टाचार बिरुद्ध सडक अन्तरक्रिया गरिएकोछ ।
युएनडिपिको सहयोगमा युवा संस्था काठमाण्डौं, जिल्ला युवा क्लब सञ्जाल, आयोन र बासको संयुक्त आयोजनामा उक्त अन्र्तक्रिया कार्यक्रम बिपि चौकमा सम्पन्न भएको हो ।
बासका रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रको उद्धेश्य बारे युवा संस्थाकी रोजिना मानन्धरले बोलेकि थिईन् भने भ्रष्टाचार बिरुद्ध युवा संस्थाका पूर्ब अध्यक्ष अमित तिमिल्सिनाले बोलेका थिए ।
भ्रष्टाचार बिरुद्धको सन्देशहरु प्रशारण गरिएको कार्यक्रममा बरिष्ठ कलाकार श्यामानन्द सिंहले हाँस्यव्यंग्य प्रश्तुती गर्नुका साथै गित, कविता प्रश्तुत गरेका थिए । कार्यक्रममा तपेन्द्र मलाती, आदित्य खड्काले गजल, कविता बाचन गरेका थिए रुपासना मगरले भ्रष्टाचार बिरुद्धको गित गाएकि थिईन् ।
भ्रष्टाचार बिरुद्धको हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको कार्यक्रममा बिजेतहरु टोपेन्द्र शाही, बिन्दु बस्नेत लगायतलाई बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले पुरस्कार प्रदान गरेका थिए । भ्रष्टाचार बिरुद्ध प्लेकार्ड सहित १०० बढिले सहभागिता जनाएको कार्यक्रमको संयोजक बास स्वयंसेवक जनक थापाले गरेका थिए ।