काठमाडौं– नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यायल समितिले माक्स वितरण अभियान सुरु भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रक्रोप बढेसँगै यसबाट जोगिनका लागि विद्यालयका विद्यार्थी र परीक्षा नियन्त्रण कार्यालयमा पहिलो दिन सोमबार माक्स वितरण गरिएको हो ।
नेविसंघले माक्स वितरणसँगै सचेतनामूलक कार्यक्रमको समेत आयोजना गरिने त्रिवि समितिका कार्यवाहक सभापति शरणकुमार बस्नेतले बताएका छन् । पहिलो र दोस्रो लहरको कोरोनाको महामारीमा पनि माक्स वितरण गर्ने कार्य गरिएको र अहिले पनि सो कार्यलाई निरन्तता दिइएको कार्यबाहक सभापति बस्नेतले बताए । देशभरका विभिन्न जिल्लाबाट अध्ययनको सिलसिलामा काठमाडौंमा आएका विद्यार्थीलाई लक्षित गरेर अभियान सुरु गरिएको कार्यबाहक अध्यक्ष बस्नेतले बताएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई पनि माक्स वितरण गरिएको बताइएको छ । कोरोनाबाट जोगिनका लागि माक्स लगाउने तथा समय समयमा साबुन पानीले हात धुनु पर्ने तथा स्यानिटाइजरको प्रयोग गर्नु पर्ने डाक्टरहरूको सुझाब रहेकाले ती स्वास्थ्य मापदण्डलाई पनि पालना गर्नका लागि त्रिवि नेविसंघले सबैलाई अनुरोध गरेको छ ।