लेवनान– संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ यूनिफिल मिसन, लेवनानमा तैनाथ श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डङ्खफामा सम्मिलित नेपाली शान्ति सैनिकहरूद्वारा नेपाली सेनाको हालसम्मकै सबैभन्दा ठुलो लगानीमा कृषि पोखरी तथा सार्वजनिक पार्कको निर्माण सम्पन्न गरी गत बुधबार आयोजित एक विशेष समारोहकावीच स्थानीय व्लिदा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
विभिन्न तहका जन–प्रतिनिधिहरू, युनिफिल हेडक्वार्टरका स्टाफहरू, लेवनानी सैनिकका प्रतिनिधिहरू र स्थानीय नगरबासी तथा नेपाली शान्ति सैनिकहरूको उपस्थिति रहेको उक्त हस्तान्तरण समारोहमा युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डरको प्रतिनिधित्व गर्दै सेक्टर ईष्ट कमाण्डर सहायक रथी रमोन अरमाडा भेजक्वोज, नेपाली सेनाका सिनियर नेशनल अधिकृत महासेनानी कमल वाँनिया र व्लिदा नगरपालिका प्रमुख हसन हिजाजीले संयुक्त रूपमा उक्त परियोजनाको अनावरण गर्दै कार्य सम्पन्न पत्रमा हस्ताक्षर गरि विधिवत रूपमा समुद्घाटन गरेका थिए ।
मिसनको सबैभन्दा संवेदनशील नगरपालिकाको रूपमा रहेको ब्लिदाको स्थानीय निकाय तथा समुदायसँग प्रगाढ सम्बन्ध बनाउने हेतुले परम्परागत कृषि पेशालाई टेवा पु¥याउन आर्थिक वर्ष २०७५/७६ को लागि उक्त परियोजना छनौट गरी स्वीकृत भएता पनि कोभिड–१९ महामारीका कारण कार्य प्रारम्भ हुन सकेको थिएन । यस आर्थिक बर्षमा बर्द बहादुर गणले नेपाली सेनाको पूर्व विनियोजित बजेट अमेरिकी डलर ३१,२०० (एकतीस हजार दुई सय) बाट उक्त कार्य सम्पन्न गरेको छ ।
नेपाली शान्ति सैनिकहरूले द्वन्दग्रस्त मुलुकहरूको अति संवेदनशील ईलाकामा तैनाथ रही आङ्खनो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका यस प्रकारका जनहित एवं सामुदायिक कार्यहरूले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरूबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने देखिन्छ ।