स्याङ्जा– नेपाली कांग्रेस स्याङ्जाको प्रबक्ताको जिम्मेवारी भरतप्रसाद लम्साललाई दिईएको छ । स्याङ्जा कांग्रेसका सभापति तथा संविधानसभा सदस्य राजु थापाले लम्साललाई जिम्मेवारीको पत्र थमाउँदै प्रबक्ताको जिम्मेवारी दिएका हुन् ।
नेपाली कांग्रेसको विधान–२०१७, (नवौं संशोधन–२०७५)को दफा १२ को उपदफा ५ ख (२) र उपदफा ७ (ङ्) द्धारा प्राप्त अधिकार प्रयोग गरी सभापति थापाले महाधिबेशन प्रतिनिधि लम्साललाई जिल्ला सदस्यमा मनोनित गर्दै प्रबक्ताको जिम्मेवारी दिएका छन् । राजनीतिक शास्त्र र अर्थशास्त्रमा एम.ए. गरेका लम्साल स्याङ्जा कांग्रेसमा बौद्धिक नेताका रूपमा लिईन्छ ।
२०३६ सालबाट बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा थालेका लम्साल नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्ष छन् । जिल्ला सदरमुकाम निवासी लम्साल जिल्लास्थित विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन् ।
१४ औं महाधिबेशन अन्र्तगत स्याङ्जा जिल्लाको सभापतिमा निर्वाचित संविधान सभाका सदस्य समेत रहेका राजु थापाले औपचारिक रूपमा पार्टीको आन्तरिक कामलाई तिव्रता दिएका छन् । चुनावी प्रक्रियामा देखिएका चुनौतीहरूलाई अन्त्य गर्नका लागि सक्दो प्रयास गर्ने पनि सभापति थापाले बताएका छन् ।