बर्दिया/
सेवाग्राहीसँग घुस लिने बर्दियाको राजापुर नगरपालिका १० का वडा सदस्य बिहिवार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले वडा सदस्य उत्तम चौधरीलाई पक्राउ गरेको हो ।
कार्यालयका अनुसार सेवाग्राहीको काम गराईदिन्छु भन्दै घुस माग्ने चौधरी अख्तियारको फन्दामा परेका हुन् ।
उनलाई २ लाख ५० हजार घुस सहित कोठियाघाट स्थित ईच्छा होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।