सप्तरी– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शहीदहरूकै बलिदानीको बलमा मधेस प्रदेश स्थापना भएको भन्दै खुशी व्यक्त गरेका छन् । मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनको समयमा नेपाल सरकार लेखेको मेटाएर मधेश फेरि आफ्नै ठाउँमा आएको बताए । उनले भने, ‘त्यस बेलादेखि नै मधेश प्रदेश होस् र मधेस सरकार बनोस् भन्ने चाहना थियो’ उनले भने, ‘अहिले त्यो चाहना पूरा भएको छ ।’
बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेका थिए । महतो मधेस आन्दोलनका प्रथम शहीद हुन् । उनले सो अवसरमा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरू मधेस प्रदेश स्थापना गर्न सफल भएको बताए ।
उनले मधेस आन्दोलनका क्रममा थुप्रै शहीद भएका र ती शहीदहरूको मधेस प्रदेशको सपना भएको बताए । मुख्यमन्त्री राउतले शहीदहरूको सपनाले मधेस प्रदेश स्थापना गर्न सकिएको बताए । यसबाट शहीदहरूको एउटा सपना पूरा भएको उनको भनाई थियो । उनले मधेस प्रदेशको नामकरणले नै मधेस आन्दोलनले सम्मान पाएको महसुस भएको बताए । मुख्यमन्त्री राउतले भने, ‘मधेस आन्दोलनको भावना र मधेसी जनताको चाहनाअनुरूप मधेस प्रदेश कायम भएको छ, यो हामी सबैको गौरबको कुरा हो ।’ यसबाट शहीदहरूको सम्मान भएको उनको भनाइ थियो ।
प्रत्येक वर्ष माघ ५ गते मधेस सरकारले भव्यरुरूमा बलिदान दिवस मनाउने गरेको छ । यो वर्ष पनि आज मधेस प्रदेश सरकारले सप्तरी सदरमुकाम राजविराजमा बलिदानी दिवस विशेष कार्यक्रम आयोजना गरेको छ । त्यस्तै सो अवसरमा मुख्यमन्त्री राउतले सबभन्दा पहिले आफूहरूले प्रहरी ऐन बनाएपनि कार्यान्वयन गर्न नसकिएकोमा दुःख व्यक्त गरे । उनले संघीय सरकारले संविधान अनुसार प्रहरीको समायोजन गर्न नसक्दा यो ऐन कार्यान्वयन नभइरहेको बताए ।
यस बिषयमा सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको बताउँदै मुख्यमन्त्री राउतले सर्वाेच्चको आदेश लगत्तै प्रहरी समायोजन भएर प्रदेशको आङ्खनै प्रहरी हुने बताए । उनले प्रहरीसहित प्रदेश सरकारका सबै सेवामा महिलाको ५० प्रतिशत सहभागितालाई अनिवार्य गरिसकिएको बताए ।