विराटनगर– प्रदेश १ मा गएको २४ घन्टामा १ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ३९७ जनाको पिसिआर परीक्षण गर्दा ८४५ तथा ५६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएकोे हो ।
मन्त्रालयका अनुसार परीक्षणका क्रममा मोरङमा ३ सय ७७, सुनसरीमा २ सय ५४, झापामा १ सय ३८, धनकुटामा १३, उदयपुरमा ५, तेह्रथुम र इलाममा समान २, ओखलढुंगा, पाँचथर, भोजपुर र खोटाङमा समान १ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो । यस्तै सुनसरीको धरानमा १ सय ५९, इटहरीमा ५५, बर्जुमा ५, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा समान ४, हरिनगरमा ३, भोक्राहा र रामधुनीमा समान २, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११ जनामा संक्रमण भएको छ ।
झापाको बिर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा समान १९, अर्जुनधारामा १२, बुद्धशान्ति र शिवसताक्षीमा समान ६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा समान २, गौरादह, बाह्रदशी र स्थानीय तह नखुलेकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ । मन्त्रालयका अनुसार पहाडी क्षेत्रतर्फ धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेकामा समान २, बेलकामा १, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेकामा समान १, इलामको इलाम नगरपालिका र माईमा समान १, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा समान १ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको छ ।
यस्तै सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा पाँच, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा चार/चार, हरिनगरमा तीन, भोक्राहा र रामधुनीमा दुई/दुई तथा कोशी गाउँपालिकामा एक र स्थानीय तह नखुलेका ११ जनामा कोरोना देखिएको छ । झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२/१२, बुद्धशान्ति र शिवसताक्षीमा ६/६, मेचीनगरमा पाँच, हल्दिबारीमा तीन, कमल र झापा गाउँपालिकामा दुई/दुई तथा गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै धनकुटाको धनकुटा नगरपालिकामा सात, छथरजोरपाटीमा तीन, महालक्ष्मीमा दुई र पाख्रिबासमा एक, उदयपुरको कटारी र स्थानीय तह नखुलेका दुई÷दुई जनामा, बेलकामा एक, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक जना, इलामको इलाम नगरपालिका र माईमा एक/एक, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा एक/एक तथा प्रदेश बाहिरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।