काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४ सय ३७ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार १३ हजार ३ सय ७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै ३ हजार ७ सय ९१ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८ सय ६८, ललितपुरमा ६ सय २ र भक्तपुरमा ३ सय २१ जनामा कोरोना संक्रमण देखिएको हो । उपत्यका बाहिर सबैभन्दा धेरै मोरङमा २ सय ७५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । त्यस्तै कैलालीमा १ सय ७०, झापा र रुपन्देहीमा १४९/१४९ जना, काभ्रेपलाञ्चोकमा १३१, कास्कीमा ९४, सुसनरीमा ९० र नुवाकोटमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बाँकेमा ४८, धनुषामा ४५, सप्तरीमा ३४, सिरहा र चितवनमा २५/२५ जना, सिन्धुलीमा २४, सर्लाहीमा २३, तनहुँमा २२ तथा सिन्धुपाल्चोक र स्याङ्जामा २०/२० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइतबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख २३ हजार ३ सय ७ पुगेको छ । आइतबार ४ जनाको ज्यान गएसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको छ भने ८ लाख २१ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० जना रहेका छन् । जसमध्ये ७५ हजार ३ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ हजार १ सय ५६ जना आईसीयू र ४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।