अर्घाखाँची– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षी दलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गरे ।
उनले एमाले विरुद्धको गठबन्धनले जित सुनिश्चित गरे पनि त्यो पुरा नहुने दाबी गरे । उनले अब पनि देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्ने बताए । उनले भने, ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौं ।’ रायमाझीले भने, ‘देश एमालेले नै रूपान्तरण गर्छ ।’ रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराएका थिए ।