काठमाडौं — पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरू पनि सक्रिय हुँदै आएका छन् । यसैक्रममा अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालको निर्देशनमा नेपाली सर्ट फिल्म ‘शंका’ निर्माण गरिएको छ । उक्त सर्ट फिल्मलाई सम्राट क्रियशन सार्वजनिक गरेको छ ।
उक्त फिल्मको छायाँकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टको लेक्सिनटन शहर र आसपासका क्षेत्रमा गरिएको छ । लघुफिल्म ‘शंका’मा चुडामणि अवस्थी, सविता चैलागाइँ केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याललगायतका कलाकारको अभिनय रहेको छ । चुडामणि अवस्थीको कथा, अक्की शर्माको छायाँकन रहेको फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
रेनिश फागोले कलर र मुकेश साहको मिक्सिङ रहेको फिल्ममा एलिस कार्कीको पाश्र्वसंगीत छ । श्रीमान÷श्रीमती बिचमा हुने शंकाले कस्तो अवस्था निम्ताउँछ भन्ने फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ । निर्देशक सुमनले भने, ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा र सचेतना फैलाउने खालको सन्देशमूलक चलचित्र बनाएका छौँ ।’ सुमनले यसअघि ‘मन परेपछि’, ‘नो स्मोकिङ’ जस्ता नेपाली फिल्म निर्देशन गरेका छन् । तर, ती फिल्म व्यवसायिक रूपमा भने सफल हुन सकेन । तैपनि सुमनले फिल्म निर्देशनलाई निरन्तरता दिँदै आएका छन् ।