काठमाडौं– गायक सुई देवकुमार तामाङको ‘बासडोल नाम्सा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सडक विभाग क्षेत्रीय कार्यालय पोखराको प्रमुख गायक सुई देवकुमार तामाङको स्वरमा रहेको ‘बासडोल नाम्सा’ गीतको भिडियो युट्युमार्फत सोमबार सार्वजनिक भएको हो ।
यस गीतको शब्द राजकुमार दोङ तामाङ र सङ्गीत संयोजन र संगीत भर्ने काम बुद्ध स्याङ्बाले गरेका छन् भने बरिस्ठ गायिका इन्दिरा गोलेले तामाङलाई स्वरमा साथ दिएकी छन् ।
भिडियोमा पाल्देन लामा‚ प्रताप लामा‚ कृष्ण वाइबा‚ गङगा घलान‚ कमला तामाङको अभिनय हेर्न सकिने छ । यस्तै भिडियो निर्देशन‚ छायाङ्कन र सम्पादन सुमन तामाङले गरेका हुन् ।
यस गीतमा प्रेमीले प्रेमिकालाई माया पिरती बाँड्ने प्रयास गरिएको देखाइएको छ । सडक विभाग क्षेत्रीय कार्यालय पोखराको प्रमुख सुई तामाङले दर्शक श्रोतामाझ ‘न त आँखा थाक्छन् कहिल्यै’, ‘अब पक्कै’, ‘जहाँ जहाँ बिझे पनि’, ‘कति कुरा यहाँ’ गीतहरु गाइसकेका छन् ।