काठमाडौं — बलिउड अभिनेत्री करिना कपुर खान र अभिनेता अक्षयकुमार राम्रा साथी हुन् । उनीहरूले सँगै आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । र, उनीहरूका सबैजसो फिल्म सफल भएका छन् । हालै अक्षयकी श्रीमती ट्विंकल खन्ना र करिना कपुर एउटा कार्यक्रममा देखापरेका थिए । भारतीय मिडियाका अनुसार ट्विक इन्डिया नामक कार्यक्रमको कुराकानी सत्रमा उनीहरूले आङ्खनो घर, काम, स्वास्थ्यदेखि लगभग सबै विषयमा कुराकानी गरेका थिए ।
बलिउड लाइफका अनुसार यही क्रममा करिनाले अक्षयका बारेमा पनि केही खुलाएका थिइन् । करिनाले आफू र सैफ अली खानले ‘डेटिङ’ गर्न थालेपछि अक्षयले दिएको चेतावनीबारे बताएकी हुन् । अभिनेत्री करिना र सैफको सम्बन्ध फिल्म ‘टसन’देखि अगाडि बढेको हो । सन् २००८ मा रिलिज यो फिल्ममा करिना र सैफसँगै अक्षयकुमार पनि मुख्य भूमिकामा थिए । करिनाका अनुसार अक्षयले सैफलाई करिनासँग होस पुर्याएर व्यवहार गर्नु भन्दै चेतावनी दिएका थिए । उनले करिना कपुर खतरनाक परिवारबाट आएकी भन्दै विचार पुर्याएरमात्र व्यवहार गर्न भनेका थिए ।
‘उसले मसँग जे पायो त्यही, अन्टसन्ट व्यवहार नगर्न भनेर चेतावनी दिएको थियो’ अक्षयले आङ्खना श्रीमान सैफलाई भनेका कुरा करिनाले अक्षयकी श्रीमती ट्विंकललाई भनिन्, ‘उसले ठिकै गर्यो ।’ करिना कपुर र सैफको भेट हुँदा करिनाको शाहिद कपुरसँगको लामो सम्बन्ध भर्खरै टुटेको थियो । सैफसँग लद्दाखमा सुटिङ हुँदा आफूहरू कसरी नजिक भएको भन्नेबारे पनि करिनाले बताएकी थिइन् ।
उनका अनुसार सैफ उनलाई मोटरसाइकलमा राखेर लामो यात्रामा लैजान्थे । उनीहरू घन्टौं गफ गर्थे । यसको लगत्तै उनीहरूले डेटिङ गरे । केही महिनापछि सैफले करिनाकी आमा बबितासँग करिनालाई आफूसँगै बस्ने अनुमति मागेका थिए । करिब चार वर्ष प्रेम सम्बन्धमा रहेपछि सन् २०१२ मा आएर उनीहरूले बिहे गरेका हुन् । उनीहरूका अहिले दुई छोरा छन् ।