विराटनगर– प्रदेश १ मा मंगलबार ५३३ जनामा र सुदूरपश्चिम प्रदेशमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश १ मा सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पिसिआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका क्रममा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा सात, उदयपुरमा ६, भोजपुर र इलाममा तीन/तीन, तेह्रथुममा दुई, संखुवासभा र पाँचथरमा एक/एक तथा प्रदेश बाहिरका २९ जनामा कोरोना देखिएको हो ।
मोरङको विराटनगरमा ९७, बेलबारीमा सात, पथरीशनिश्चरेमा पाँच, उर्लाबारी र सुन्दरहरैचामा चार/चार, मिक्लाजुङमा तीन, कटहरी, जहदा र स्थानीय तह नखुलेका दुई/दुई, कानेपोखरी, सुनवर्षी, ग्रामथान, रंगेली र बूढीगंगामा एक/एक, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा पाँच/पाँच, कनकाई र बुद्धशान्तिमा चार/चार, मेचीनगरमा तीन, गौरीगञ्ज, शिवसताक्षी र स्थानीय तह नखुलेका एक/एक जनामा संक्रमण देखिएको छ ।
यसैगरी सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा तीन÷तीन, इनरुवा, गढी र देवानगञ्जमा दुई/दुई, रामधुनी र कोशी गाउँपालिकामा एक/एक र स्थानीय तह नखुलेका नौ, धनकुटाको धनकुटा नगरपालिकामा चार, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका एक/एक, उदयपुरको कटारी र त्रियुगामा दुई/दुई, चौदण्डीगढी र बेलकामा एक/एक, भोजपुरको भोजपुर नगरपालिकामा दुई र टेम्केमैयुङमा एक, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा एक/एक, तेह्रथुमको छथर र मेन्छेयायेममा एक/एक, सङ्खुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा एक/एक तथा प्रदेश बाहिरका २९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिमार्फत ८८ जना तथा एन्टीजेनमार्फत १५८ जनामा कोरोना पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६१, महाकाली अस्पतालमा १४, डडेल्धुरा अस्पतालमा १३ र एन्टीजेनमार्फत कञ्चनपुरमा ७५, कैलालीमा १५, डडेल्धुरामा १५, बझाङमा आठ, बाजुरामा १६, डोटीमा पाँच, बैतडीमा १५, अछाममा पाँच र दार्चुलामा चार जनामा संक्रमण पुष्टि भएको हो ।