नयाँदिल्ली–भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ नयाँ संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।
सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक हजार ५९ को मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाको कुल संख्या पाँच लाख एक हजार ११४ पुगेको छ ।
भारतमा अहिले १३ लाख ३१ हजार ६४८ संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीले जनाएका छन् । पछिल्लो २४ घन्टामा दुई लाख ३० हजार ८१४ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या झण्डै दोब्बर रहेकाले सक्रिय संक्रमितको संख्या तीव्ररूपमा घट्दै गइरहेको छ । (रासस÷एएनआई)