काठमाडौं– सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँ ब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसकेको छ । केहीदिन अघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो क्षेत्रमा पुगेर जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका थिए ।
महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाको गाउँब्लकमा रहेकालाई जग्गाधनी पूर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।यसैबीच मन्त्री श्रेष्ठले शुत्ररबार चितवनको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका ३६ भू्मिहिनलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी छन् । जग्गाधनी पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार लागि परेको बताइन् ।
उनले भूूमिहिन दलित, सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न स्थानीय तहसँग सम्झौता गरेर काम अगाडि बढाइएको बताएकी छन् । ०२१ सालयता नापी हुँदा गाउँब्लकका हपमा रही आङ्खनो घर जग्गाको लालपूर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न थालिएको उनको भनाइ छ ।