काठमाडौं – नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/ ७७ को चुक्ता पूँजीको नाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले घोषणा गरेको हो ।
कम्पनीका अनुसार सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । प्रस्तावित १४ प्रतिशत बोनस सेयर पछि इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रुपैयाँ नाघ्ने कम्पनीको दाबी छ ।