काठमाडौ – वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धरले काठमाडौं जिल्ला लिगका विजेता खेलाडीलाई सम्मान गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री मानन्धरले विजेता अनुशासित ब्वाइज क्लबका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई सम्मान तथा प्रशंसा पत्रसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानन्धरले खेलाडीका लागि खेलकुदको विकासको लागि आवश्यक सामग्रीहरूको खरिदका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।खेलाडीहरू राष्ट्रका गहन भएको भन्दै उनीहरूको क्षमता र हौसलाका लागि बागमती प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
एबीसी क्लबका अध्यक्ष मीनबहादुर मानन्धरको सभापतित्वमा भएको कार्यक्रमको विशेष अतिथिमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, अतिथिहरूमा नारायण गमाल, गौतम प्रजापति, कृष्ण लाल मानन्धर, केदार गहतराज, नवीन महर्जन, हरी डंगोल लगाएत क्लवमा आबद्ध खेलाडीहरू, क्लबका सदस्यहरूको सहभागिता रहेको थियो ।
काठमाडौं जिल्ला फुटबल संघले २९ पुस ०७८ बाट सुरु गरेको प्रतियोगिता १० माघमा सानो गौचरणमा सम्पन्न भएको थियो । प्रतियोगितामा काठमाडौं बालाजुस्थित एबिसी क्लब प्रथम भएको थियो । एबिसीले हालसम्म ११ वटा उपाधिहरू जितेको छ ।