काठमाडौं – मिसेस नेपाल वल्र्ड २०२१ का बिजेतालाई ग्यालेक्सी जम्बो बासमती राइसद्धारा सम्मान गरेको छ ।
रेवन इन्टरटेनमेन्टको आयोजनामा जनवरी १, २०२२ भएका बिजेताहरुलाई हरपल फुड्स प्रा.लि.ले बजारमा बिक्रीबितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसद्धारा एक समारोहकाबीच सम्मान गरेको हो ।
बधाई एवं सम्मान समारोहमा बिजेता दीक्षाश्री के.सी. मिसेस नेपाल इन्टरनेशनलउषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, मिसेस नेपाल वल्र्ड थर्ड रनर अप मनिता प्याकुरेल र मिसेस नेपाल वल्र्ड भ्युअर्स च्वाइस माधुरी कर्णलाई स्वागत एवं सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम हरपल फुड्स प्रा.लि.का अध्यक्ष जनकबहादुर धामीको अध्यक्षतामा भएको थियो । नेपाली नारीहरु अब हरेक क्षेत्रमा अब्बल भएर अगाडि बढिरहेको र यस्तो किसिमको अन्र्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिस्र्पधा गर्ने कार्यक्रममा दक्षताले सबै नेपाली नारीहरुलाई हरेक प्रगतिमा कोषेढुङ्गा हुने र हरपल फुड्स प्रा.लि. यस प्रकारको कार्यक्रममा एवं कम्पनीको उत्पादनसँग मेल खाने कुनै पनि कार्यक्रममा सहकार्य गर्न इच्छुक रहेको समेत धामीले बताए ।
आयोजकका अनुसार यसै अवसरमा सम्मानितहरुले काठमाडौंको मैतीदेवीमा अवस्थित नेचर सुपरमार्केटको अवलोकन गर्नुकासाथै नेचर सुपरमार्केटले निशुल्क वार्षिक सदस्यता समेत बनाएको छ ।
ग्यालेक्सी जम्बो बासमती राइसले यस किसिमको कार्यक्रम राखी हामीलाई यति ठुलो सम्मान दिएकोमा हृदयदेखि नै धन्यवाददिन चाहन्छु र ‘महिलातथा गृहिणीहरुको क्षमता विकासका क्षेत्रमा ग्यालेक्सी जम्बो बासमती राइसले हामीलाई अझ उर्जा दिएको र केही गर्ने हाम्रो अठोट र आँटलाई तला थपेको मिसेस नेपाल बल्र्डका बिजेता दीक्षाश्री केसीले बताइन् । निरौलाले भनिन् ,यस किसिमको कार्यक्रमहरुले महिलाहरु अझ अगाडि बढ्ने प्रेरणा मिल्नेछ ।
कार्यक्रममा हरपल फुड्स र नेचर सुपर मार्केटका अध्यक्ष जनक धामी, कि एडभरटाइजिङका अध्यक्ष रवीन्द्र रिजाल, निर्देशक,कलाकार, हास्य अभिनेत्री एवं हरपल चामल एवं नेचर सुपरमार्केटका ब्राण्ड एम्बेसेडर दीपाश्री निरौलाको उपस्थित रहेका थिए ।
मिसेस नेपाल वल्र्ड २०२१ लाई हरपल फुड्स प्रालिआधिकारिक बिक्रेता रहेको ग्यालेक्सी पियोर जम्बो बासमती राइसले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष धामीले भने ‘महिलातथा गृहिणीहरुको क्षमताविकासका क्षेत्रमाभएकाकार्यक्रमहरुमाहामीले सहकार्य गर्दै आइरहेका छौं,’ । कार्यक्रमको सञ्चालक हरपल फुड्सका प्रबन्धक तारामान धामीले गरेका थिए ।