काठमाडौं– सिटिजन्स बैंकले कल सेन्टर सेवा संचालनमा ल्याएको छ । डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै बैंकले
कल सेन्टर सेवा आइतबारदेखि संचालनमा ल्याएको हो ।
ग्राहकहरुले ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सकिने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरूले 01-5970068 नम्बरमा फोन गरी तथा [email protected] मा ईमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सकिनेछ । कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
हाल यो सेवा आठ घण्टाको लागि आरम्भ गरिएको छ ।क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको बैंकले जनाएको छ । देशभरी रहेका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसँगै बैकसँग थप नजिक हुन सहज हुने विश्वास पनि बैंकले लिएको बैंकका नायब प्रमुखकार्यकारी अधिकृत पारस कुमार काफ्लेले बताएका छन् ।