काठमाडौं - पछिल्लो दिनहरूमा कोरोना संक्रमितहरूको संख्या कम भएसँगै काठमाडौं उपत्यकाका संग्रहालयहरू खोलिएका छन् । कोरोना महामारीका कारण ८ माघदेखि बन्द भएका उपत्यकाका संग्रहालय जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि खुला गराएको हो ।
जिल्ला प्रशासनको आदेशपछि सोमबारबाट छाउनी, स्वयम्भू, नारायणहिटीलगायतका संग्रहालयहरू खुला भएका छन् । राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले आइतबार जिल्ला प्रशासन कार्यालयको आदेशपछि संग्रहालय खुला गरिएको जानकारी दिएका छन् ।
यद्यपि, सुरक्षा सतर्कता एवं स्वास्थ्य मापदण्डको पालना गर्दै अवलोकनकर्तालाई सेवा दिइने उनले जानकारी दिएका हुन् ।