काठमाडौं — भारतीय अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा देखिने भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंका अमेरिकन अभिनेता एन्थोनी म्याकीसँगै फिल्म ‘इन्डिङ थिङ्स’मा मुख्य भूमिकामा देखिन लागेकी हुन् ।
एन्थोनी मार्भल मुभिजको चर्चित शृंखला ‘एभेन्जर्स’का मुख्य अभिनेता हुन् । उनी फाल्कनको भूमिका निर्वाह गर्दै आएका छन् । प्रियंका र एन्थोनीको यो फिल्म थ्रिलर जनराको हो । जसलाई केभिन सुल्लीभानले निर्देशन गर्दैछन् । हलिउडमा संघर्ष गर्दै गरेकी प्रियंकाका लागि यो दोस्रो ठूलो फिल्म हो । यसअघि उनी ‘द म्याट्रिक्स रिसरेक्सन्स’मा देखिएकी थिइन् । उक्त फिल्ममा उनको भूमिका छोटो भए पनि महतवपूर्ण थियो ।
अभिनेत्री प्रियंकाको हलिउड प्रवेश सन् २०१५ मा रिलिज भएको सिरिज ‘क्वान्टिको’बाट भएको थियो । उनको पहिलो हलिउड फिल्म भने सन् २०१७ मा रिलिज भएको ‘बेवाच’ हो । पछिल्लो समय उनी फिल्म निर्माणमा समेत सक्रिय छिन् ।
प्रियंका अमेजनको सिरिज ‘सिटाडेल’, हलिउड फिल्म ‘टेक्स्ट फर यु’का साथै बलिउड फिल्म ‘जी ले जरा’मा पनि देखिँदैछिन् । हालै छोरीकी आमा पनि बनेकी उनले अमेरिकी गायक तथा अभिनेता निक जोनास सरोगेसीमार्फत् सन्तान जन्माएका हुन् ।
निक र प्रियंकाले सन् २०१८ मा बिहे गरेका हुन् । प्रियंका आङ्खनो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो । यसपछि हाल प्रियंका अमेरिका बस्दै आएकी छन् । उनीहरूले हालैमात्र बंगला खरिद गरेको समाचार आएको थियो ।