काठमाडौं –जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले आंशिक बदलीकाे सम्भावना जनाएकाे छ ।विभागका अनुसार देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ साथै सुदुर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको र बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएकाे छ। विभागका अनुसार सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारकाे माैसम यस प्रकारको छ ।
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सूदूर पश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारकाे माैसम यस प्रकारको छ ।
दिउँसो : देशको सूदूर पश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सूदूर पश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशको सूदूर पश्चिम,कर्णाली, बाग्मती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सूदूर पश्चिम,कर्णाली, गण्डकी, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।
त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागकाे अनुरोध छ।