काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुर जिल्लाका सुबानेमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सवसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यकासाथ शाखारहित ललितपुरको बाग्मती गाउँपालिका सुबानेमा ९१औँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।
सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको बैंकले जनाएको छ । सो सेवाबाट आगामी दिनमा यस क्षेत्रका बासिन्दाले अझ बढी फ्mाईदा लिन सक्ने बैंकाको आशा रहेको छ ।