काठमाडौं – नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी
खल्तीले फ्लाइट टिकट खरिदमा आइफोन १३ उपहारको योजना ल्याएको छ ।
खल्ती डिजिटल वालेटले ग्राहकहरुलाई सेवा दिने क्रममा ‘उडान अब मात्र रू.१’ अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहारको योजना ल्याएको हो ।
‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा रु.१२०० सम्मको उच्चतम क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ । जसअन्र्तगत हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स पनि प्राप्त हुने खल्तीले जनाएको छ ।
यो अफर २३ माघ देखि फागुन ३०,२०२२ सम्म मान्य हुने खल्तीले जनाएको छ । कम्पनीका अनुसार उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी (KYC) भने अनिवार्य भेरिफाई गराएको हुनु पर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् बताईएको छ ।
यस अफरको बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो ।’