
काठमाडौं -सुनचाँदी बजारमा छापावाल सुन प्रतितोला तीन सयले बढेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला ९३ हजार १ सय रुपैँयामा कारोबार भएकोमा आज बढेर ९३ हजार ४ सयमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय छ, अघिल्लो दिन ९२ हजार ६ सयमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला २०रुपैँयाले बढेर एक हजार २ सय ८० रुपैँया कायम भएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय २७ डलर आसपास कारोबार भइरहेको छ ।