काठमाडौं– रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर बिक्री वितरणका लागि प्रभु क्यापिटल लिमिटेड प्रवन्धकमा नियुक्त भएको छ । रावाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक बिक्री वितरणका गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको बैंकले जनाएको छ । सम्झौतामा रावा इनर्जी तर्फबाट कम्पनीका अध्यक्ष बद्रीप्रसाद गौतम तथा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले खोटाङ्ग जिल्लाको पिलासगढी गाउँपालिकामा अवस्थित रावाखोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ३ मेगावाट क्षमताको आयोजनामा हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हाल कायम जारी पूँजी रु. २० करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. २ करोड रकम बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा बिक्री वितरण गर्न लागेको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८ ०७:५३